क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधी नेपालमै उत्पादन गरिने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधीको उत्पादन गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् । 

क्यान्सरका बिरामीका लागि प्रयोग हुने रेडियोधर्मी औषधीको उत्पादन नेपालमै गर्न आणविक अनुसन्धान केन्द्र खोल्ने योजना रहेको मन्त्री पुनले जानकारी दिए । 

नेपालमा यो औषधी नहुँदा भारत लगायतका विभिन्न देशबाट ल्याउनुपर्ने बाध्यता नेपाली चिकित्सक तथा सञ्चालकहरूलाई छ । यो औषधी नेपालमै उत्पादन गर्न सक्ने हो भने बिरामीहरूका लागि ठूलो राहत हुने उनीहरू बताउँछन् । 

रेडियो आइसोटोप्स क्यान्सरको अवस्था पत्ता लगाउन गरिने पेटको सिटीस्क्यानका लागि प्रयोग हुने रेडियोधर्मी औषधी हो । रेडियो आइसोटोप्स औषधी उत्पादन भएको केही मिनेट घण्टामै प्रयोग भइसक्नु पर्ने हुन्छ । 

तुरुन्तै प्रयोग गर्नुपर्ने औषधी विभिन्न देशबाट आयात गर्दा चिकित्सक तथा यसका सञ्चालकहरूले निकै कठिनाइ भोग्नुपरिरहेको छ ।

Share News