नेपाली कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् । पार्टी मुख्यालयमा बस्ने उक्त बैठकमा आगामी रणनीति, आन्तरिक व्यवस्थापन र केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बैठक यही समय हुने जानकारी दिएका छन् । उनले बैठकमा पार्टीका वरिष्ठ नेता र पदाधिकारीहरूको उपस्थिति हुने बताए । 

नेताहरूले यो बैठकलाई आगामी केन्द्रीय समितिको बैठक  र पार्टीभित्रको संगठनात्मक संरचनाका लागि एउटा सुरुवात हुने व्याख्या गरेका छन् ।

Share News