काठमाडौं । नेपाल पर्यटन विभागले विभिन्न हिमालहरूबाट १७ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन गरेको छ ।
विभागका अनुसार सेप्टेम्बर महिनासम्ममा २३ हिमालबाट १७ करोड ७ लाख ८९ हजार ९३४ रुपैयाँ रोयल्टी संकलन गरेको हो ।
सेप्टेम्बरसम्ममा मनास्लुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । त्यस्तै, धौलागिरीबाट ५० लाख ७१ हजार २ सय रुपैयाँ जम्मा भएको छ ।
विभागका अनुसार सगरमाथाबाट ४२ लाख १२ हजार ३७५ रुपैयाँ, हिमलुङ हिमालबाट ८ लाख ९९ हजार २४० रुपैयाँ, नुप्सेबाट ७ लाख ५० हजार, मकालु ४ लाख २१ हजार ६५० रुपैयाँ, लोत्सेबाट ४ लाख १६ हजार ८५० रुपैयाँ, सारेबुङ हिमालबाट ३ लाख ६९ हजार ६६९ रुपैयाँ, कुम्भकर्ण (जन्नु) हिमालबाट १ लाख ३९ हजार ५५० रुपैयाँ संकलन भएको छ ।
उक्त अवधिसम्ममा सगरमाथासहित २३ हिमाल आरोहणको लागि ५१६ जनाले आरोहण अनुमति लिएका छन् । जसमा पुरुष ३९३ र महिला १२३ जना छन् । सबैभन्दा बढी चीनबाट ६२ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।