काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन २ हजार ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा पुगेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
मंगलबार प्रतितोला सुन २ लाख ३५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो । लगातारको वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्यले यसअघि सबै रेकर्ड तोडेको हो ।
त्यसैगरी, चाँदीको मूल्य भने आज सामान्य रूपमा घटेको छ । बुधबार प्रतितोला चाँदी ५ रुपैयाँले घटेर २ हजार ९५५ रुपैयाँमा झरेको छ।