राजनीतिक निष्क्रियता र बेथिति विरुद्ध २८ जनाको सामूहिक अपिल, वैकल्पिक शक्ति निर्माणको आह्वान

काठमाडौं । वर्तमान राजनीतिक अन्योल, भ्रष्टाचार, गैरजिम्मेवारी र सत्ताको भागबण्डाले निराश नेपाली नागरिक समाजका विभिन्न क्षेत्रमा सक्रिय २८ जना व्यक्तिहरूले संयुक्त अपिल जारी गरेका छन् । ‘हाम्रो आह्वान’ शीर्षकको अपिलमार्फत उनीहरूले पुराना दलहरूप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक विकल्प निर्माणको आह्वान गरेका हुन् ।

उनीहरूले नेपालको राजनीतिक नेतृत्वले जनताको भावना अनुसार देशको दिगो भविष्यको दिशा तय गर्न नसकेको बताएका छन् । अपिलमा दलहरूबीचको सत्ताको हानथाप, भ्रष्टाचार र अनैतिक अभ्यासहरूको आलोचना गर्दै अब नयाँ सोच, नेतृत्व र संरचनाको खाँचो रहेको उल्लेख गरिएको छ ।

अपिलमा कलाकार, लेखक, पत्रकार, अधिवक्ता, अधिकारकर्मी, अभियन्ता, प्राध्यापकलगायत विभिन्न पेशाका व्यक्तिहरूको हस्ताक्षर रहेको छ । अपिलको अन्त्यमा उनीहरूले भनेका छन्, 'हामी समयले तेस्र्याएका प्रश्नहरूलाई टारेर होइन, जुझेर भविष्यको बाटो बनाउने प्रयत्नमा छौँ ।'

null

Share News