विशेष महाधिवेशनका लागि २४ असोजभित्र हस्ताक्षर गरिसक्न विश्वप्रकाश शर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेभित्र हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।

भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, 'हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुस् ।'

आगामी असोज २६ गते नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ । सो बैठकपछि हस्ताक्षर गर्ने सोच बनाएका केही प्रतिनिधिहरूलाई सन्देश दिँदै शर्माले भनेका छन्, 'लगनपछिको पोते के काम !'

महामन्त्री शर्माले विशेष महाधिवेशन सम्पन्न हुँदा पार्टी अझ बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।

Share News