वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ।

दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको हो । 

निगमको न्यारोबडीले सोमबार दिउँसो १ बजे काठमाडौं विमानस्थलबाट भैरहवाका लागि उडान गर्ने तालिका छ। साथै, भैरहवाबाट दिउँसो २ः४५ मा काठमाडौंका लागि उडान हुने जनाएको छ।

null

Share News