बिहानैदेखि त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

काठमाडौं । अविरल वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द गरिएको थियो । 

तर, आइतबार भने मौसम अनुकूल भएपछि आन्तरिक उडान सुरु भएको गरिएको हो । विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।

Share News