आन्तरिक उडान सबै रद्द, अन्तर्राष्ट्रिय उडान  भने यथावत्

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तर्राष्ट्रिय तर्फका उडान  भने यथावत् सञ्चालन भएका छन् ।

Share News