काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गरिने भएको छ ।
मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै हाइड्रो नेपालले उनलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।
त्यसैगरी हाइड्रो नेपालले २०७३ को हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई प्रदान गरिने भएको छ । जलविद्युत् क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशीलता रहेको भन्दै श्रेष्ठलाई सो सम्मान प्रदान गर्न लागिएको संस्थाले जनाएको छ ।
।