काठमाडौं । रामेछाप-लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विभिन्न कम्पनीहरूले काठमाडौंबाट सडक मार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिट लगायतका कम्पनीले सेवा दिँदै आएका छन् ।
मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्ज्वल गुरागाईँले जानकारी दिए ।