काठमाडौं । स्काईवेल जी मोटर्स परिवारले दशैंलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेम डकुमेन्ट नजिकको स्काईवेल शोरुममा बुझाउनुपर्नेछ ।
त्यसपछि तुरुन्तै नयाँ स्काईवेल ईभीको डेलिभरी उपलब्ध गराइनेछ ।
यस विशेष योजनामा सहभागी हुने ग्राहकले १० लाखसम्मको सहयोग पाउनेछन् । साथै हरेक स्काईवेल ईभी खरिदमा नयाँ आईफोन १७ उपहारस्वरूप प्रदान गरिने जी मोटर्सले जनाएको छ ।
स्काईवेल जी मोटर्स प्रालिले नेपालीहरुको महान चाड दशैंको अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरेको छ।