काठमाडौं । सरकारले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा निर्धारण गरेको छ । आइतबार बसेको बैठकले मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको हो ।
निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनामा पाल्पाको सत्यवती दर्शन प्रालि, इलामको सानो पाथीभरा केबलकार प्रालि, कास्कीको सिक्लेश अन्नपूर्ण केबलकार प्रालि, मौलाकालीको ड्रिम्स हिल्स प्रालि, अर्घाखाँचीको सुपा देउराली केबलकार प्रालि र सिन्धुपाल्चोकको सूर्य कुण्ड गोसाइँकुण्ड केबलकार प्रालि रहेका छन् ।
यसैगरी, औद्योगिक ग्राम अन्तर्गत सुनसरीको बराहक्षेत्र औद्योगिक ग्राम र डोटीको जोरायल औद्योगिक ग्राम रहेका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतको आयोजनामा झापाको दमक औद्योगिक क्षेत्र, मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र, चितवनको शक्तिखोर औद्योगिक क्षेत्र, दाङको लक्ष्मीपुर औद्योगिक क्षेत्र, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र रहेका छन् ।
त्यस्तै, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत दुई क्षेत्र तोकेको छ । काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र र कैलालीको हरैया विशेष आर्थिक क्षेत्र विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत रहेका छन् ।
नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी रहेका छन् ।
त्यस्तै, नेपाल आयल निगम अन्तर्गतका आयोजनामा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना, अमलेखगन्ज देखि चितवनको लोथर सम्म पेट्रोलियम पाइप लाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना रहेका छन् ।
हेनूहोस् सूचना :