एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १० प्रतिशत छुट पाउनेछन् ।

ग्राहकहरुले यो सुविधा प्रयोग गर्न डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share News