एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट

काठमाडौं । चाडपर्वको अवसरमा एनएमबि बैंकले ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ ।

उक्त सहकार्यअन्तर्गत एनएमबि बैंकका ग्राहकले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गरेमा प्रत्यक्ष ५ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

यो छुट कुजु नेपालका याडिया शोरुमहरूमा मात्र उपलब्ध हुनेछ र चाडपर्वको अवधिसम्म सीमित रहनेछ । छुट लिन ग्राहकले भुक्तानी अघि शोरुमलाई जानकारी गराउनुपर्ने र एनएमबि बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले यस योजनाले ग्राहकलाई फाइदा दिलाउने मात्र नभई वातावरणमैत्री र दिगो सवारीसाधनप्रति आकर्षण बढाउने विश्वास लिएको छ । साथै, नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याइरहने बैंकले जनाएको छ ।

Share News