स्काईपिक एड्भेन्चरस पार्कले २१ प्रतिशत आईपीओ जारी गर्ने

काठमाडौं । स्काईपिक एड्भेन्चरस पार्क लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले जारी पुँजीको २१ प्रतिशत सेयर सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको हो । 

आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १ गते बिहान ९ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यू रेटिङ गर्ने, सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्नेछ ।

यस्तै, सभाले स्थिर सम्पत्तिको भोगचलन एवं लिज सम्झौता व्यवस्थापन गर्ने र जग्गा खरिद गर्ने एंव खरिद कार्यको अनुमोदन गर्नेछ । 

यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वार्षिक २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।

Share News