काठमाडौं । स्कोडा नेपालले यस चाडपर्वलाई लक्षित गर्दै ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ अफर सार्वजनिक गरेको छ।
‘फास्ट एण्ड फियरलेस’ भन्ने थिमसहित सुरु गरिएको यो अभियानले ग्राहकलाई प्रिमियम ड्राइभिङ अनुभव र रोमाञ्चक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
अभियानअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट सुविधा, ४ लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष रूपमा कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।
आकर्षक डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डसहित स्कोडा नेपाली अटोमोबाइल बजारमा परिचित छ ।
नेपालभरका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भइसकेको जनाइएको छ ।
