टाइम फर्मास्युटिकल्सको १४.५४ प्रतिशत लाभांश घोषणा, असोज २७ गते सेयरधनी भेला

काठमाडौं । टाइम फर्मास्युटिकल्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ करोड ५० लाख रुपैयाँको १४.५४ प्रतिशतका दरले ५ करोड ३१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २७ गते भरतपुर चितवनमा बिहान बिहान १० बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्न आवश्यक संशोधन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीको शंसोधन स्वीकृत गर्न समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र सञ्चालकहरूको मासिक भत्ता तथा अन्य सुविधा निर्धारण गर्नेछ । 

यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

Share News