भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक

काठमाडौं । यामाहा नेपालले देशभरका ग्राहकलाई लक्षित गरी ल्याएको दशैं–तिहार विशेष अफर 'राइड द ब्लू विद रोडिज' अन्तर्गत पहिलो विकली लक्की ड्र सम्पन्न भएको छ । ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो । सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए ।

२८ वर्षीय श्रीहरि पौडेल ‘रकेट’ उपनामले परिचित व्यावसायिक मोटरसाइकल रेसर हुन् । उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका पाँच पटकका लगातार विजेता र सन् २०२४ का नेशनल च्याम्पियन समेत हुन् । उनी यामाहा नेपालका आधिकारिक रेसर पनि हुन् ।

यसपटकको ग्राण्ड उपहारका विजेता भैरहवाका बिनोद यादव बनेका छन् । यादवले नयाँ यामाहा बाइक जितेका छन्। दशैं अभियानमार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको यामाहाका लागि यो अर्को महत्वपूर्ण क्षण भएको कम्पनीले जनाएको छ। 

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले विजेतालाई बधाई दिंदै भने, 'यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिँदै आएको छ । ‘राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं । अझ धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ ।'

'यामाहा राइड द ब्लू विद रोडिज' अभियानमा विभिन्न अफरहरू समावेश छन् । यस अन्तर्गत बाइक खरिदअघि अधिकतम १ लाख रुपैयाँसम्म नगद उपहार, खरिदपछि अधिकतम १० लाख रुपैयाँसम्म नगद उपहार, हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक जित्ने अवसर, फ्री हेलमेट, चार वटा निःशुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५ प्रतिशत छुट लगायतका सुविधा रहेका छन् । साथै, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ० प्रतिशत ब्याजसहितको ईएमआई सुविधा पनि उपलब्ध छ ।

Share News