बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट, कति जनाले पाए सेयर ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बिहीबार बिहान बाँडफाँट गरिएको हो ।

कम्पनीले गत भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

सो आईपीओमा २१ लाख ७५ हजार ८८८ जनाले करिब २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन् ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । सो अनुसार १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट आवेदकहरूले विभिन्न माध्यममार्फत नतिजा हेर्न सक्नेछन् । नतिजा हेर्नका लागि हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट, सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, वा मेरो सेयर एकाउन्ट प्रयोग गर्न सकिन्छ । आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी तथा अन्य आवश्यक विवरण प्रविष्ट गरेपछि नतिजा सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ ।

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट आवेदकहरूले विभिन्न माध्यममार्फत नतिजा हेर्न सक्नेछन् । नतिजा हेर्नका लागि हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट, सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, वा मेरो सेयर एकाउन्ट प्रयोग गर्न सकिन्छ। आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

Share News