काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।
भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल ४ वर्षको रहने कम्पनीले जनाएको छ । खतिवडाले असोज २ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।उनी यसअघि सोही संस्थामा कामु सीईओ थिए ।