आजदेखि पुन: सञ्चालनमा आयो मनकामना केबलकार

काठमाडौं । मनकामना केबलकारले बुधबार (आज) देखि पुन: सञ्चालनमा आएको छ। 

जेनजी प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको केबलकार सेवा एक सातापछि नियमित रूपमा सञ्चालन हुन थालेको हो । 

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बीचको समयमा केबलकारको मर्मतसम्भार गरिएको थियो । 

२०५५ सालदेखि मनकामना केबलकार सञ्चालनमा आएको थियो ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका– ४ चेरेसमा छ ।     

Share News