मुक्तिनाथ फाउन्डेसनको चौथो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ फाउन्डेसनले चौथो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक तथा आर्थिक रुपमा पछाडि परेका व्यक्तिहरू र समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको मुनाफा वितरण नगर्ने यस संस्थाले कार्यक्रमको माध्यमबाट समाजसेवामा आफ्नो प्रतिबद्धता जनाएको हो ।

२०७८ असोज १ गते दर्ता भएको यस संस्थाले लक्षित वर्गका व्यक्तिहरू र समुदायलाई सशक्त बनाउने उद्देश्य राख्दै सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसअघिका सामाजिक कार्यहरुमा बागमती सरसफाई अभियान, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकासहित देशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम, वृद्धवृद्धालाई सम्मान र आवश्यक खाद्य सामाग्री वितरण लगायतका कार्यहरू रहेका छन् ।

चौथो वार्षिकोत्सवको अवसरमा सम्पन्न रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । साथै, मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि, मुक्तिनाथ क्यापिटल, रोयल सहकारी, र विन्द्यवासिनी म्यूजिकको सहभागिता र समन्वयमा कार्यक्रम सफल भएको थियो ।

Share News