काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक एक्स (ट्वीटर) ह्याण्डल विष्णु रिमालले आफ्नो कब्जामा राखेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्री कार्यालयको एक्स आईडीको युजर नेम र पासवर्ड नदिँदा समस्या भएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।
कार्यालयको एक्स आईडी निस्क्रिय हुँदा सरकारी सूचना प्रवाहमा समस्या भएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीको सन्देश, गतिविधि र आधिकारिक धारणा सार्वजनिक गर्ने प्रमुख माध्यमकै रूपमा रहेको ट्वीटर ह्याण्डल सञ्चालनमा नआएपछि समाचार र अद्यावधिक जानकारी लिन खोज्नेहरु अनिश्चित बनेका छन् ।
यस विषयमा प्रधानमन्त्री कार्यालयले आधिकारिक प्रतिक्रिया भने दिएको छैन ।
जेनजी आन्दोलनपछि यसअघिको सरकारले राजीनामा दिएको थियो भने अहिले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की बनेकी छन् ।