काठमाडौं । केही महिना पहिले व्यापक असन्तुष्टि जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को झट्का दिएकी छन् ।
उनले पार्टीका केन्द्रीय सदस्यहरूको म्यासेन्जर ग्रुपमा केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दै पार्टीलाइ सरप्राइज दिएकी हुन् ।
उक्त सरप्रराइजपछि आफ्नो फेसबुकमा समेत स्टाटस लेख्दै सुमनाले पार्टीबाट राजीनामा दिएको उनले उल्लेख गरेकी छन् ।
श्रेष्ठले भनिन्, ‘कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ।’
‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्र्याल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडें,’ उनले थपिन् ।
