काठमाडौं । काठमाडौंस्थित रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलेर खरानी भएको छ । मन्त्रालयभित्र रहेका दर्जनौं सवारीसाधनदेखि कागजात सबै जलेका छन् ।
मन्त्रालय नै जलेपछि अहिले कर्मचारीहरू घरमै बसेर काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
तीन दिनसम्म लगातार दन्किरहेको आगोले कुनै पनि भाग र सामग्री बाँकी नराखेको मन्त्रालयका पदाधिकारीले बताएका छन् । मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालीन केन्द्र (एचईओसी) भवन पूर्ण रूपमा जलेको छ ।
मन्त्रालयले यो केन्द्रलाई वीर अस्पतालको एउटा कोठामा सारेर वीरबाट कामलाई निरन्तरता दिएको जनाएको छ।
केन्द्रले देशभरका अस्पतालमा समन्वय गरेर काम गरिरहेको छ । मन्त्रालयको अर्को भवनको टुंगो नलागेसम्म केन्द्रले वीरबाट र अन्य कर्मचारीले घरबाटै काम गर्ने भएका छन् ।