अर्बौं राजस्व र हजारौंलाई रोजगारी दिने भाटभटेनीमाथि विध्वंस, ‘थाक्ने छैनन् मीनबहादुर’

अर्बौंको क्षति, कर्मचारी व्यवस्थापनमा चुनौती

काठमाडौं । भाटभटेनी दनदनी जलिरहेको छ, दमकलले निरन्तर साइरन बजाइरहेको छ । छेउमै ठूलो सर्वसाधारणको जमात गहभरि आँसु राखेर निराश हुँदै दनदनी जलिरहेको भाटभटेनीलाई नियालिरहेको छ । एक जना महिला नेपाली सेनाले सिठी बजाउँदै ती सर्वसाधारणलाई टाढा जान संकेत गर्दैछिन् । एक हुल युवाको जमात भाटभटेनी वरिपरि रहेको फोहोर उठाउँदैछ । भाटभटेनी निरन्तर जल्दैछ, जलिरहेको आगोबाट धुवाँको बाक्लो मुस्लो फाल्दैछ ।

बुधबारको नक्सालस्थित भाटभटेनीको मुख्यालयको यो दृश्य अधिकांशका लागि देखिनसक्नु थियो, दर्दनाक थियो । भाटभटेनीका नियमित हजारौं ग्राहकहरू, यही भाटभटेनीमा काम गरेर रोजीरोटी चलाइरहेका सयौं श्रमिकहरू, ती कर्मचारीका लाखौं परिवार र आफ्नो जीवनभरको कमाइ यही भाटभटेनीमा लगाएका यसका मालिक मीनबहादुर गुरुङको मनमा यो दृश्यले कति छोयो होला ? कति पोल्यो होला ? 

null

एउटा सामान्य किराना पसलबाट व्यापार सुरु गरेर भाटभटेनीको साम्राज्य देशभर विस्तार गरेका मीनबहादुर तिनै हुन्, जसले आफ्नै पौरखमा एक अर्बपति नेपाली व्यवसायीको परिचय बनाए । विदेशिरहेको देशमा स्वदेशमै केही गर्छु भनेर उद्यम थाले । उनको कर्ममा भाग्यले पनि साथ दियो । परिणामस्वरूप कमाएको पैसा भाटभटेनीमै लगानी गरे । उनले अहिले स्थापित र सफल व्यवसायीको परिचय बनाएका छन् । 

अहिले उनी आफूमात्रै अर्बपति बनेका छैनन्, हजारौं नेपालीलाई रोजगारी दिएर लाखौंको अनुहारमा मुस्कान फैलाएका छन्, सबैभन्दा बढी राजस्व तिर्ने कम्पनीको परिचय भाटभटेनीको बनाएका छन् । उनले राज्यलाई ठूलो राजस्व तिरेर अर्थतन्त्रमै टेवा पुर्याएका मात्रै छैनन्, सर्वसाधारणलाई डिमार्टमेन्टल स्टोरमा किनमेल गर्ने बानीको विकास पनि गराएका छन् । 

देशमा कुनै प्राकृतिक प्रकोप तथा विपत्ति हुँदा राज्यलाई आर्थिक सहयोग गर्ने व्यवसायीको अग्रभागमा उभिन्छन् मीनबहादुर । त्यो महाभूकम्प होस् वा कोरोना महामारी अथवा बाढी-पहिरोका बेला नै किन नहोस्, देशको ढुकुटीमा पहिलो आर्थिक सहयोग गर्ने हात उनै मीनबहादुरको हुन्छ । 

तर, विडम्बना । दुई दिन चलेको जेनजीको आन्दोलनमा तिनै मीनबहादुरको भाटभटेनी टार्गेटमा पर्यो । उसो त धेरै उद्योगी व्यवसायीको निजी सम्पत्तिमा ठूलो क्षति भएको छ । कतिका निजी निवासहरू तोडफोड भए । कतिका कम्पनीहरूमा आगजनी भयो । कतिपयका सवारीसाधन ध्वस्त भए । तर, सबैभन्दा नगन्य क्षति भने व्यवसायी मीनबहादुरकै भयो । 

जेनजीका नाममा भदौ २४ गते अराजकवादीले गरेको आगलागीबाट भाटभटेनी सुपरमार्केटका २८ वटा स्टोरमध्ये १२ वटा स्टोर ध्वस्त भए ।  घण्टौंसम्म आगो निभाउने कार्य नभएकाले यी भवनहरू पुन: निर्माण गर्नुपर्ने गरी नष्ट भएको भाटभटेनीले जानकारी दिएको छ । 

देशमा कुनै प्राकृतिक प्रकोप तथा विपत्ति हुँदा राज्यलाई आर्थिक सहयोग गर्ने व्यवसायीको अग्रभागमा उभिन्छन् मीनबहादुर । त्यो महाभूकम्प होस् वा कोरोना महामारी अथवा बाढी पहिरोका बेला नै किन नहोस्, देशको ढुकुटीमा पहिलो आर्थिक सहयोग गर्ने हात उनै मीनबहादुरको हुन्छ । 

कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार थप ९ वटा भाटभटेनी सुपरमार्केट्स स्टोरमा लुटपाट भएका छन् । उक्त घटनामा अर्बौ रुपैयाँ बराबर नोक्सान भएको उनको अनुमान छ । तोडफोड, आगलागी र लुटपाटबाट हुने क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको पौडेलले बताए ।

नक्साल भाटभटेनी, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको भाटभटेनीका पौडेलले जानकारी दिए । 

null

त्यसैगरी, कलंकी, थिमि, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवामा तोडफोड गरेर अधिकांश सामग्री लुटपाट गरिएको छ । क्षतिको विवरण आउन तीन साता लाग्ने भाटभटेनीले जनाएको छ ।

नक्सालमा रहेको भाटभटेनीको मुख्यालय पूर्णरूपमा ध्वस्त भएको छ । सो भवन अब काम लाग्ने अवस्थामा छैन । यो भवन फेरि सुरुदेखि निर्माण गर्नुपर्ने स्थितिमा छ । यस्तै, अन्य ठाउँमा पनि ठूलो क्षति भएको छ । 

अध्यक्ष गुरुङले अहिले कामै नलाग्ने बनेका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन तत्कालका लागि समस्याको रुपमा देखिएको बताएका छन् । उनका अनुसार अब ती कर्मचारीलाई व्यवस्थापन गर्ने काम हुनेछ । उनले पुन: निर्माणमा पनि समय लाग्ने बताए । 

भाटभटेनी सुपरमार्केट्स नेपालको सबैभन्दा ठूलो रिटेलर हो । जेनजी पुस्ताको सपिङ डेस्टिनेसन बनेको भाटभटेनीमाथि जेनजीकै नाममा अराजकवादीहरूले तोडफोड, लुटपाट र आगजनी गरे । उनीहरूले एउटा भाटभटेनीमा आगजनीमात्रै गरेनन्, देशमै केही गर्छु, देशका लागि गर्छु र नेपालीका लागि गर्छु भनेर समर्पित देशको एउटा सफल उद्यमीको सपना पनि जलाउने काम गरे । 

प्रत्येक वर्ष वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित हुँदै आएको छ । विभिन्न सामाजिक कार्यमा भाटभटेनी अग्रभागमा देखिन्छ । सरकारलाई राजस्वसँगै राहत तथा दानमा भाटभटेनीका मालिक संकुचित मन बनाउँदैनन् । 

मीनबहादुर गुरूङ

तथापि जेनजीको आन्दोलनमा उनै मीनबहादुरमाथि प्रहार भयो । गत चैत १५ गते भएको तीनकुने घटनामा पनि उनै टार्गेटमा परे । त्यतिबेला पनि कोटेश्वरको भाटभटेनीमा तोडफोड हुँदा भाटभटेनीले करोडौंको क्षति व्यहोर्नु पर्यो । तर, उनले त्यतिबेला पनि हार खाएनन् । उनले तोडफोड भएको पछिल्लो दिनमै सो स्टोरको पुन: निमार्णको काम थाले । 

उनलाई अझै पनि हार खाने छुट छैन । जेनजीको आन्दोलनमा भएको तोडफोडलाई मर्मत गर्दै भाटभटेनीलाई पुरानै लयमा फर्काउन उनी तत्पर हुनेछन् । र, देशको अर्थतन्त्रमा उनले ठूलो योगदान गर्नेछन् । 

गत आर्थिक वर्षमा भाटभटेनीको वार्षिक कारोबार ३२ अर्ब रुपैयाँ नाघेको छ । अहिले दैनिक ९ करोड रुपैयाँको कारोबार गर्ने गरेको छ । देशभरका उपभोक्तालाई एउटै स्तरको गुणस्तरीय सेवा दिन भाटभटेनी अगाडि बढिरहेको धारणा गुरुङको छ । 

आगामी १० वर्षमा सबै जिल्लामा भाटभटेनी स्टोर पुर्याउने योजना उनको छ । उनका अनुसार भाटभटेनीमा हाल ४ हजार ५०० स्थायी कर्मचारी कार्यरत छन् । अप्रत्यक्ष रोजगारीसहित कम्पनीले करिब ५० हजार जनालाई रोजगारी दिएको छ ।

गुरुङका अनुसार कम्पनीको लक्ष्य २४० वटा शाखा खोल्ने हो । पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने र देशको सबैभन्दा ठूलो करदाता बन्ने लक्ष्य गुरुङको छ । त्यसैले पनि सानो–तिनो ठक्करले मीनबहादुर नथाक्ने र नरोकिने सोचमा छन् ।

Share News