काठमाडौं । विमानस्थल सुरक्षा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार आज दिउँसो साढे ३ बजेदेखि उडान र अवतरणका लागि तयारी थालिएको छ ।
यसअघि नागरिक उड्डयन कार्यालयले बुधबार बिहान सूचना जारी गर्दै अर्को जानकारी नभएसम्म विमानस्थल बन्द रहने घोषणा गरेको थियो । काठमाडौं उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम परिस्थितिलाई कारण देखाउँदै सो निर्णय गरिएको हो ।