नयाँ सरकार गठनको छलफलमा जुटे बालेन, को बन्दैछ प्रधानमन्त्री ?

काठमाडौं । जेनजीको अपेक्षाअनुसार नयाँ सरकार बन्ने भएको छ । नयाँ सरकार गठनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका व्यक्तिहरू छलफलमा जुटेको मेयर बालेनका सल्लाहकार सन्तोष गिरीले जानकारी दिए । 

उनका अनुसार राष्ट्रपतिले राजीनामा दिएपछि नयाँ सरकार गठन गरिनेछ । साथै एकछिनमा नेपाली सेना प्रमुखले सम्बोधन गर्ने तयारी भइरहेकाले केही समय कुर्नुपर्ने उनले बताए । 

‘केही समय कुरौं न । मेयरसाब छलफलमा हुनुहुन्छ । विभिन्न स्टेकहोल्डरसँग छलफलमा हुनुहुन्छ । मैले पनि यही व्यक्तिसँग छलफलमा हुनुहुन्छ भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तत्काललाई राष्ट्रपतिले पनि राजीनामा दिइसक्नु भएको अवस्थामा चाहिँ नयाँ जेनजीले अपेक्षा गरेअनुरुपको संयन्त्र तयार हुँदैछ ।’ 

नयाँ संयन्त्रअनुसार बालेन नै प्रधानमन्त्री हो भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो नहुन पनि सक्छ ।’ 

Share News