ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या ८ पुग्यो, ५८ जना उपचाररत, ३ जना आईसीयूमा

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएरट्रमा सेन्टरमा पुगेका ८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका अनुसार अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ५८ जनको उपचार भइरहेको छ । त्यसमध्ये तीन जना आईसीयूमा रहेको बताइएको छ । 

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालका अनुसार घाइतेहरूको पेट र टाउकोमा बढी चोट लागेको देखिएको छ ।

नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा सरकारी पक्ष तथा प्रहरीले प्रदर्शनकारीको टाउको र छातीमा हानिएको देखिएको उनले बताए । रिजालका अनुसार आन्दोलनमा झडप भएपछि ११ बजे नै तयारीमा अवस्थामा रहन फोन आएको थियो ।
 

Share News