काठमाडौं । सिंहदरबार परिसरमा रहेका सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा रहेको छ । सिंहदरबारको वाइफाइ नेटवर्क प्रयोग गर्दा फेसबुक, ह्वाट्सएप, मेसेंजरलगायतका प्लेटफर्म सहजै खुल्ने गरेका छन् । संसद् सचिवालयका कर्मचारी र सांसदहरूले यसो विगतदेखि नै हुँदै आएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेका बेला संसद् भवन नयाँ बानेश्वर बाहिर सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन चर्किएको थियो । त्यही क्रममा गृहमन्त्री रमेश लेखक बैठकस्थलबाट बाहिरिएपछि समिति बैठक स्थगित भएको थियो ।
बैठकपछि एक सांसदले भने, 'सिंहदरबारमा चल्ने, बाहिर नचल्ने भएपछि नागरिकमा आक्रोश बढ्नु स्वाभाविक हो ।'