काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम अप्लायन्स ब्रान्ड माइडियाको तर्फबाट दशैं–तिहारलाई लक्षित गरी ‘माइडिया दशैं–तिहार २०८२ बाइ एन्ड वीन जुम’ योजना सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत माइडियाका होम अप्लायन्स खरिद गर्ने उपभोक्ताले विभिन्न आकर्षक अफर तथा उपहार पाउनेछन् । योजनाअन्तर्गत बम्पर लक्की ड्रमार्फत भाग्यमानी ग्राहकले हीरो जुम १२५ सीसी स्कुटर जित्ने अवसर पाउने छन् ।
त्यस्तै, उपभोक्ताले सीयोर सर्ट गिफ्ट अन्तर्गत साइड–बाइ–साइड मल्टी–डोर रेफ्रिजरेटरमा निस्शुल्क इन्डक्सन, वासिङ मेसिनमा निस्शुल्क ६ केजी एरियल, डीसवासरमा नि:शुल्क डीसवासर ट्याब्लेट प्राप्त गर्नेछन् । साथै, अधिकतम ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक अफर पनि उपलब्ध छ।
ग्राहकहरूले खरिदपश्चात उपलब्ध क्युआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।