काठमाडौं । ओरियन्टल होटल्सले २६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले चुक्ता पुँजी १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँको १ सेयर बराबर ०.२६ सेयरका दरले ३१ करोड ५५ लाख ५ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीका अनुसार हकप्रद सेयरबाट संकलित रकम परिसरको रिनोवेशन गर्न खर्च गरिनेछ । हकप्रद सेयर पारित गर्न कम्पनीले असोज ३१ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा २८औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक १ जना नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ होटलले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।