काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताले आयोजना गर्न लागेको र्यालीप्रति समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत भोलि हुने उक्त र्याली २८ वर्षमुनिका युवाहरूको आन्दोलन भएकाले आफू प्रत्यक्ष सहभागी हुन नसके पनि यसको भावना र उद्देश्यलाई समर्थन गर्ने बताएका हुन् ।
मेयर शाहले लेखेका छन्, 'म उमेरका कारण स्वतस्फूर्त: र्यालीमा जान सक्दिनँ, तर युवाहरूको सोच, उद्देश्य र चाहना बुझ्न जरुरी छ । कुनै पार्टी, नेता, कार्यकर्ता वा स्वार्थी समूहहरूले आफ्नो स्वार्थ पूर्ति गर्न यस र्यालीलाई प्रयोग नगर्नुहोला ।'
उनले जेन जी पुस्तालाई सम्बोधन गर्दै प्रश्न पनि गरेका छन्, 'प्रिय जेन जी, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?'
