बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जना प्रतिस्पर्धामा, को हुन् प्रबल दावेदार ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन फाराममार्फत प्राप्त भएका विवरणहरू अध्ययन गरी १४ जनाको नाम सार्वजनिक गरेको हो ।

सिफारिस समितिले प्रकाशन गरेको सूचीमा ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, झापा, मोरङ, लमजुङ र दाङसहितका जिल्लाका उम्मेदवार परेका छन् ।

सार्वजनिक नामसूचीमा परेका उम्मेदवारहरूः

१. घनश्याम बुढाथोकी (ललितपुर)

२. विक्रान्त पाण्डे (काठमाडौं)

३. पारस काफ्ले (भक्तपुर)

४. विष्णुबाबु मिश्र (काठमाडौं)

५. बुद्दकाजी श्रेष्ठ (काठमाडौं)

६. डा. दामोदर  बसौला (कास्की)

७. चिन्तामणि शिवाकोटी (काठमाडौं)

८. ज्ञानेन्द्र अधिकारी (झापा)

९. देवकुमार ढकाल (मोरङ)

१०. प्रा.डा. दीपक बहादुर भण्डारी (लमजुङ)

११. डा. राजेन्द्र पण्डित (काठमाडौं)

१२. यज्ञप्रसाद न्यौपाने (दाङ)

१३. रमेशकुमार भट्टराई (काठमाडौं)

१४. महेश्वर न्यौपाने (भक्तपुर)

अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनामा सिफारिस समितिबाट छनोटका लागि आवेदन दिएकामध्ये योग्य उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको र आवश्यक प्रक्रिया पूरा गरी समितिले अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्ने जनाएको छ ।

Share News