शुक्रबारबाट इटहरीमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज, अत्याधुनिक ईभी र मानव रोबोट अनुभव गर्न पाइने

काठमाडौं । दिपलले प्रदेश नं. १ को प्रमुख सहर इटहरीमा नयाँ सोरुम उद्घाटन गर्दै विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ।

एमएडब्लु वृद्धिले आफ्नो इटहरी डिलर सर्ब मोटर्ससँग मिलेर आयोजना गर्न लागेको कार्यक्रममा भाद्र २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक ईभीहरूको टेस्ट ड्राइभ गर्ने मौका मिल्नेछ । सो अवसरमा ग्राहकले दिपलका मानव रोबोट र रोबोट कुकुरको अनुभव पनि प्रत्यक्ष पाउनेछन् ।

कम्पनीका अनुसार विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ का साथै नेपालमा केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् । भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । 

कार्यक्रममा सहभागीले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा चारवटा रिकन्डिसन हाउसबाट सर्वोत्तम मूल्यांकन पाउनुका साथै निश्चित मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर पनि पाउनेछन् ।

यसका साथै प्रदर्शनीमा राखिने दिपलका ह्युमनोइड रोबोट र रोबोट कुकुरले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष झल्को दिनेछन् ।

Share News