काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा विद्यालय बससहित र्याली निकालेका छन् ।
विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र गैरनाफामूलक भन्ने शब्द हटाउनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् । हालै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विधेयक सच्याउन दबाब दिन उनीहरूले सडकमा उत्रिएका हुन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायतका निजी विद्यालय सञ्चालक संघ–संस्थाले संयुक्त रूपमा उपत्यकाको चक्रपथ क्षेत्रमा र्याली निकालेका हुन् । र्यालीमा सहभागी विद्यालयका पहेँला बसहरू चक्रपथको एक लेनमा लस्कर लागेका थिए । र्यालीका कारण केही स्थानमा अन्य सवारीसाधनको आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।











