एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा १.४८ गुणा बढी आवेदन

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गरेको एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा माग भन्दा १.४८ गुणा बढी आवेदन परेको छ ।

साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशनमा ल्याइएको १० रुपैयाँ अंकित दरका ५ करोड इकाईका लागि कुल ८२,८२८ जना आवेदकले ७४ करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको इकाई खरिदका लागि आवेदन दिएका हुन् ।

यस स्किम एनआईसी एशिया क्यापिटलले सञ्चालन गरेको दोस्रो खुलामुखी योजना हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति अनुसार यस योजनाको अधिकतम आकार बीजपूँजीसहित १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँसम्म रहने व्यवस्था छ । त्यसैले माग भन्दा बढी आवेदन परे पनि नियमावलीअनुसार सबै योग्य आवेदकलाई माग बमोजिम इकाई बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

क्यापिटलले यसमा लगानी गर्ने सम्पूर्ण लगानीकर्ता, निष्काशन प्रक्रियामा सहयोग गर्ने सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, नेपाल धितोपत्र बोर्ड र अन्य सम्बद्ध निकायलाई धन्यवाद व्यक्त गरेको छ ।

Share News