काठमाडौं । करिब ३० भन्दा बढी अग्रणी अमेरिकी विश्वविद्यालयहरू शिक्षा मेलामा सहभागी हुन काठमाडौं आउने भएका छन् ।
आगामी शुक्रबार पुतलीसडकस्थित जाम्बोरी एजुकेशन नेपालमा यो मेला आयोजना हुन लागेको हो । यो मेला देशमै अमेरिकी शैक्षिक संस्थानहरूको सबैभन्दा ठूलो उपस्थितिको रूपमा दर्ता हुने जनाइएको छ ।
यो एक दिने कार्यक्रमले नेपाली विद्यार्थीलाई प्रत्यक्ष रूपमा विश्वविद्यालयका भर्ना अधिकारीसँग भेटघाट, छात्रवृत्ति अवसरको जानकारी र तत्काल आवेदन प्रक्रियामा सहभागी हुने मौका दिनेछ ।
अमेरिकी संस्थानका प्रतिनिधिहरूले स्थलमै अन्तर्वार्ता, प्रोफाइल मूल्याङ्कन तथा योग्य विद्यार्थीलाई सशर्त भर्ना पत्र प्रदान गर्ने तयारी गरेका छन् ।
नेपालबाट अमेरिकी विश्वविद्यालयतर्फ विद्यार्थीको आकर्षण हाल अभूतपूर्व रूपमा बढेको छ । तथ्याङ्कअनुसार विगत दुई वर्षमा मात्र नेपाली विद्यार्थीको अमेरिकी विश्वविद्यालयमा आवेदन ४० प्रतिशतले वृद्धि भएको छ ।
मेलामा विद्यार्थीहरूको मागलाई ध्यानमा राखी विभिन्न विशेष सत्रहरू समेत सञ्चालन हुनेछन् । जसअन्तर्गत भर्चुअल क्याम्पस भ्रमण, एसटीईएम कार्यक्रमसम्बन्धी प्रिजेन्टेशन, व्यापारिक विद्यालयको जानकारी र उदारवादी कलाको विस्तृत प्रदर्शनी हुनेछन् ।
त्यसैगरी, धेरै अमेरिकी विश्वविद्यालयहरूले यस मेलामा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति प्याकेज घोषणा गर्ने संकेत गरेका छन् ।
कार्यक्रम एमपावर फाइनान्स, क्याथी प्यासिफिक एयरवेज र प्राइम बैंकको प्रायोजनमा तथा ईटीएस टोफेलको सहकार्यमा आयोजना हुन लागेको हो ।
मेला बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ ।
१५ वर्षदेखि ५ हजारभन्दा बढी विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा प्लेसमेन्टमा सहयोग गर्दै आएको ईडीएफ जाम्बोरी अहिले २०० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थानहरूसँगको साझेदारीसहित नेपालकै प्रमुख शैक्षिक परामर्श संस्थाको रूपमा स्थापित भइसकेको छ ।