वीरगञ्जमा टाटा ईभी अटो शो सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्राइम अटो ट्रेडर्सको सहकार्यमा शुक्रबारदेखि वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ । 

आइतबारसम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने सिप्रदी ट्रेडिङले जनाएको छ । 

अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि विभिन्न अफरहरू उपलब्ध छ । 

अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन र निःशुल्क एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधाहरू समावेश छन् ।

यस अटो शोमा राखिएका ईभी मोडलहरूमा कर्भ ईभी, नेक्सन केथ्री ईभी, पञ्च ईभी र टियागो ईभी रहेका छन् । 

यससँगै अटो शोमा फूड स्टल, रमाइलो खेल गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ ।

यो अटो शोले वीरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने सिप्रदी ट्रेडिङले जनाएको छ।
 

Share News