फोटोनको नयाँ ईभी पिकअप ‘ई-टुनल्यान्ड’ नाडा अटो शोमा सार्वजनिक

काठमाडौं । नेपालका लागि फोटोनका आधिकारिक वितरक एमएडब्लु कमर्सियलले नयाँ विद्युतीय पिकअप ई-टुनल्यान्ड सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा यो पिकअप सार्वजनिक गरिएको हो । 

ई–टुनल्यान्डमा ८८ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ । जसले एमएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरको रेन्ज प्रदान गर्न सक्ने कम्पनीकाे दाबी छ ।

यसमा १३० किलोवाटको मोटर छ । टु ह्विल ड्राइभ अप्सनमा उपलब्ध सो पिकअपमा ८ वर्ष वा ४ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुने बताइएको छ । त्यसैगरी मोटरमा ५ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ । 

ई-टुनल्यान्डको बजार मूल्य ६९ लाख ९९ हजार निर्धारण गरिएको छ । नाडा अटो शो अफरको रूपमा हाल  यसमा १ लाखसम्मकाे छुट  दिइएकाे छ । 

यसअघि पनि नेपाली बजारमा फोटोनका विभिन्न पिकअपहरू उपलब्ध छन् । 

Share News