काठमाडौं । नाडा अटो शो २०२५ मा ३ दिनमै साढे ७८ हजारले अवलोकन गरेका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको नाडा अटो शो २०२५ मा ३ दिनमा ७८ हजार ५१३ जनाले अवलोकन गरेको जनाएको छ ।
यो तथ्यांकले आर्थिक चुनौती र कठिनाइबीच पनि नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताए । यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको उनको भनाइ छ ।
‘यसले हाम्रो अपेक्षा अझ उचालिएको छ र नेपाललाई अटो मोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,’ उनले भने ।