फोर्थिङ फ्राइडेको पाँच वर्षे अफर : बीमा, सर्भिस र घरमै चार्जिङ सुविधा

काठमाडौं । फोर्थिङ फ्राइडेले नेपालमा नयाँ पाँच वर्षे विशेष योजना ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ सार्वजनिक गरेको छ । ब्रान्डले यस अफरमार्फत ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता प्रष्ट पारेको छ ।

नेपालमा फोर्थिङ फ्राइडे इभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी, लक्ष्मी समूहअन्तर्गत, यस योजना लागू गरेको हो ।

‘फ्राइडे टु फ्राइडे’ स्किम अन्तर्गत ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स, ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा र हरेक खरिदमा ७ किलोवाट चार्जर पाउनेछन् । यसले घरमै सजिलो चार्जिङ समाधान दिलाउने कम्पनीले जनाएको छ ।

लक्ष्मी ई–मोबिलिटीका अनुसार यो अफर ग्राहकहरूको लागि ईभी स्वामित्वलाई अझ आकर्षक र फाइदाजनक बनाउन डिजाइन गरिएको हो । यस कदमले ग्राहकहरूको विश्वास बढाउनेछ र नेपालमा दिगो गतिशीलताको स्वीकार्यता बढाउनेछ ।

यस अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।

Share News