१० प्रतिशत लाभांश बाँड्ने भेन्चरको घोषणा

काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

लाभांश पारित गर्न कम्पनीले भदौ २७ गते दिउँसो ३ बजे पानी पोखरी काठमाडौंमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको सभाले पुँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा शंसोधन गर्ने, संशोधनमा नियमनकारी निकायबाट निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । 

साथै, कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्ने प्रस्ताव गरेको छ । यस्तै, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति पुनर्गठन गर्ने प्रस्ताव पारित गर्नेछ ।  

Share News