‘पूर्ण छात्रवृत्ति’ लगायतका प्रावधान हटाउन माग गर्दै निजी स्कुलका सञ्चालक सडकमा आउने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । निजि विद्यालयका सञ्चालकको संस्था प्याब्सन, ऐन प्याब्सन, हिसान र अपेनले बुधबार कार्यक्रम गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

विद्यालय शिक्षा विधेयकमा उल्लेख गरिएका केही बुँदाप्रति आपत्ति जनाउँदै आन्दोलन गर्दै आइरहेका शिक्षकहरूले भोलिदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

शान्तिपूर्ण आन्दोलन गर्दा माग सम्बोधन नभएको भन्दै सञ्चालकहरू भाद्र पाँच गते बिहान ११ बजे देखि १ बजेसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएको छ ।

घोषणा कार्यक्रममा निजी स्कुलका प्रधानाध्यापकहरू ब्यानरसहित नयाँ बानेश्वर चोकसम्म र्याली निकाली फेरि माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने बताइएको छ । 

यस्तै, भाद्र ६ गते बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । 

काठमाडौं उपत्यकामा २७ किमी चक्रपथ वरिपरि कालो झण्डारब्यानरसहित स्कुलबसको र्याली निकालिने छ भने दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ गर्ने जनाएका छन् । 

यति गर्दा पनि माग पुरा नभए ८ गते निर्णायक आन्दोलन गर्ने शिक्षकहरूले बताएका छन् । 

केके छन् माग ?

‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने ।

विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।

कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।

छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।

छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

Share News