भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन

काठमाडौं । डेल्टा अटोकर्पले पिपलबोट, बौद्धमा भदौ ३ गते भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ । कम्पनीले ग्राहकहरुलाई बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

डेल्टा अटोकर्प, भेष्पा अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता, नयाँ सेन्टरमार्फत स्कुटरको मर्मत, स्पेयर पार्ट्स र सेवा सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउने बताए ।

'हामी हाम्रा ग्राहकहरुलाई सहज, भरपर्दो र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यो नयाँ सर्भिस सेन्टरले यस प्रतिवद्धतालाई अझ प्रभावकारी बनाउनेछ, ' कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र अनुभवी प्राविधिकहरु उपलब्ध छन्, जसले ग्राहकहरुको स्कुटरको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछ । यसले ग्राहकहरुलाई समय बचत र सुविधा दुवै प्रदान गर्ने कम्पनीको विश्वास छ ।

Share News