डिशहोम र इला होटल एण्ड रिसोर्ट्सबीच साझेदारी, ग्राहकलाई सुविधा

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत इला होटल एण्ड रिसोर्ट्ससँग साझेदारी गर्दै ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने भएको छ । आईएमई हस्पिटालिटीद्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्डसँगको यस साझेदारीपछि सक्रिय डिशहोम प्रयोगकर्ताले फूड एण्ड बेभरेज तथा आवास सेवामा १५ प्रतिशत स्थिर छुट पाउनेछन् ।

हाल इला होटल एण्ड रिसोर्ट्सले देशभर तीनवटा उत्कृष्ट होटल सञ्चालन गर्दै आएको छ । मौलाकालीस्थित इला होटल एण्ड रिसोर्ट, बागलुङस्थित आइटा कम्फर्ट होटल र गैँडाकोट–१२, हरकपुरस्थित इला कम्फर्ट । उत्कृष्ट आतिथ्य सेवा, स्वादिष्ट भोजन र आरामदायी आवासका लागि परिचित यी आउटलेटहरूमा डिशहोम ग्राहकहरूले छुटसहितको लक्जरी अनुभव लिन सक्ने अवसर पाउनेछन् ।

यो अफर केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध हुनेछ । एप डाउनलोड गरी आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग–इन गरेपछि, होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न सकिन्छ । ग्राहकहरूले कार्ड देखाएर वा बुकिङ गर्दा कार्ड उल्लेख गरी छुट प्राप्त गर्न सक्नेछन् ।

साझेदारीलाई औपचारिकता दिने क्रममा इला होटल एण्ड रिसोर्ट्सका सीईओ प्रशन्न अधिकारी र डिशहोमका चिफ, न्यू प्रोडक्ट डेभलपमेन्ट एण्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डिशहोमका सीईओ तारा मानन्धरले यस साझेदारीले ग्राहकहरूको जीवनशैलीमा थप मूल्य थप्ने र नेपालभरका उत्कृष्ट आतिथ्य सेवामा पहुँच विस्तार गर्ने बताएका छन् ।

डिशहोमले सुरु गरेको भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइलका क्षेत्रमा विशेष छुट र सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको जनाएको छ ।

Share News