नाडा अटो शोमा टाटा मोटर्सका ईभी मोडल सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विभिन्न ईभी मोडेल सार्वजनिक गरेको छ ।

टाटाले अटो शोको माैका पारी नयाँ सफारी सार्वजनिक गरेको छ, जसमा एडीएएस, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको सुरुवाती मूल्य १२ लाख ९९ हजार रहेको छ ।

यसैगरी, शोमा सिप्रदीले नयाँ रंगकाे टियागो इभी पनि सार्वजनिक गरेको छ । जुन एरिजोना ब्लु रंगमा रहेको छ ।

यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के थ्री। इभी, पन्च इभी र टीयागो इभी रहेका छन् । 

यसै अवसरमा टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ । 

अफरअन्तर्गत सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क गाडी चार्ज गर्न पाइने जनाइएको छ । ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेङ, निःशुल्क एसेसरिज र १ वर्षको भेहिकल ट्याक्स निस्शुल्क रहेको छ। यसैगरी घरमै निःशुल्क चार्जिङ जोडिने सुविधा र निःशुल्क इम्बोस्ड नम्बर प्लेट पनि जडान गरिने जनाइएको छ ।

null

सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटाे शो नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्त्वपूर्ण मञ्च रहेको जानकारी दिए ।

Share News