राजगढ गाउँपालिकाका वडा अध्यक्ष साहको निधन

राजविराज । राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ ।

अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् । 

जनता समाजवादी पार्टीबाट निर्वाचित  उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उजका दुई छोरा र तीन छोरी छन् । 
 

Share News