काठमाडौं । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको विद्युतीय सवारीसाधन भविष्यलाई लक्षित गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाएका छन् ।
मलेसियामा विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को नेपालमा शुभारम्भ गर्दै दुवै कम्पनीले दीर्घकालीन साझेदारीका लागि प्रतिबद्धता स्पष्ट पारेका हुन् । जगदम्बा मोटर्स प्रोटोनको आधिकारिक वितरक हो।
मलेसियाली बजारमा प्रोटोन इमास ७ ले पहिले नै उल्लेखनीय सफलता पाइसकेको छ । जुलाई २०२५ सम्म यो मलेसियामा नम्बर १ इभी मोडेल बनेको छ ।
प्रोटोन इमास ७ सी(सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित भएको छ ।
समग्र रूपमा सबैभन्दा बढी बिक्री हुने इभी बनेर बजारमा अग्रणी स्थान ओगटेको हो।
१४ वर्षभन्दा बढी अनुभव बोकेको जगदम्बा मोटर्सले नेपालमा प्रोटोनको सफल यात्रा सुनिश्चित गर्न निर्णायक भूमिका खेलेको छ । कम्पनीले ग्राहकमैत्री योजनासहित देशभर सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ ।
सन् २०२५ को अन्त्यसम्म १२ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याइनेछ (जसमध्ये ३ हाल सञ्चालनमा छन्)
बिक्रीपछिको सेवामा कुनै कसुर बाँकी नराख्ने कम्पनीले जनाएको छ ।
नेपालमा यो मोडेलको आगमनसँगै प्रोटोन र जगदम्बा मोटर्सले ग्रिन मोबिलिटी अभियानलाई तीव्रता दिने र इलेक्ट्रिक सवारी प्रणालीलाई मुख्यधारमा ल्याउने लक्ष्य राखेका छन् ।